भेडाको लस्कर

- मैत्या घर्ती मगर

कुम, तकसेराको बुकीमा भेडा चरनमा लाँदै स्थानीय । मासु, ऊन र दूधका लागि पालिने यस चौपायाबाट यहाँका कृषकले जीविकोपार्जन गर्दै आएका छन् । कम्तीमा ५० र बढीमा एकै परिवारले अहिले यहाँ दुई सयसम्म भेडा पाल्ने गरेका छन् । समुद्री सतहबाट ३ हजार ५ सय मिटर उचाइमा पर्ने यस उच्च हिमाली भेगमा सधैँजसो जाडो हुन्छ । प्राय: कात्तिकदेखि हिउँ पर्ने यहाँ झन्डै पाँच महिनासम्म हिउँले ढाकेको हुन्छ । यहाँ उत्पादित भेडाको ऊनबाट निर्मित राडीपाखीको माग बढ्दै गएको छ । गुणस्तर र आकार अनुसार २ हजारदेखि ८ हजार रुपैयाँसम्म बिक्री हुने राडीपाखी अहिले यहाँका बासिन्दाको आम्दानीको दर्बिलो स्रोत बन्न थालेको छ । 

प्रकाशित: आश्विन १८, २०७५

ट्याग: चित्रपट