नटिकेको उत्साह

- नेपाल संवाददाता

दीपिका प्रसाईं, ऐश्वर्यापछि खाली हात थिइन् । त्यही बेला छक्का–पञ्जा ३ मा मौका पाइन् । खासमा साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘नो’ भनेपछि दीपिकाको भाग्य बलेको थियो । हिट ब्यानर र सिरिजसँग जोडिएपछि करिअर उकासिने आशा स्वाभाविक पनि हो । त्यसमाथि कमेडी कलाकारको भीड रहेको फिल्ममा एक्ली हिरोइन थिइन् । तर, तत्कालका लागि दीपिकामा खिन्नता छाएको छ । नछाओस् पनि कसरी, तीन मिनेट लामो ट्रेलरमा उनको एउटै संवाद नभएपछि । यसले सुटिङ सुरु भएबाटै निर्माण पक्षसँग उनको मनमुटाव भएको खबरलाई अझ मलजल गरेको छ । बुझिए अनुसार फिल्म युनिट उनको आवाज नै राख्ने कि अन्य कलाकारलाई डबिङ गराउने, द्विविधामा छ । दोस्रो फिल्ममै यस्तो हविगत भएपछि दीपिकाको मन नपोलोस् पनि कसरी !

प्रकाशित: आश्विन १८, २०७५