बाँधेन मायाले

- नेपाल संवाददाता

मिस नेपालको ताज चुमेकाहरूको फिल्मी यात्रा सुखद हुन सकेको छैन । झरना वज्राचार्यदेखि मलिना जोशीलाई हेर्दा यस्तै लाग्छ । सृष्टि श्रेष्ठले यो विडम्बनालाई क्रमभंग गर्ने संकेत मिलेको थियो । किनभने, डेब्यु फिल्म गाजलुबाट प्रशंसा कमाएकी थिइन् । तर, दुर्भाग्य ! उनले पनि एकपछि अर्को असफल नतिजा झेल्नुपरेको छ । गाजलु रिलिज भएको दुई वर्षपछि दोस्रो फिल्म रोमियो एन्ड मुना रिलिज भए पनि बक्स अफिसमा चिप्लियो । यो चोट भुल्न नपाउँदै तेस्रो फिल्म बाँध मायाले पनि फ्लप भएको छ । ५ असोजबाट प्रदर्शित यस फिल्म इन्टु मिन्टु लन्डनमाको छायामा पर्‍यो । सुरुआती दिनबाटै दर्शकको खडेरी लाग्यो । त्यसैले यसको प्रचारमा खुब दौडधूप गरेकी सृष्टि यतिबेला चुपचाप छिन् । क्या तनाव !

 

प्रकाशित: आश्विन १६, २०७५