एन्ड्रोइडको एक दशक

- विभु लुइटेल

मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडले हालै दसौँ वार्षिकोत्सव मनाएको छ । प्रयोगकर्ताका लोकेसन र छनोटबारे जानकारी सुरक्षित राख्ने उद्देश्यले सुरु भएको एन्ड्रोइडको यात्रालाई सरस र सरल बनाउन गुगलले यस कम्पनीलाई आफ्नो बनाएको थियो ।

दस वर्षमा एन्ड्रोइड अत्यधिक रुचाइने अपरेटिङ सिस्टममा पर्न सफल भएको छ । यसका अनेकौँ संस्करण आइसकेका छन् र अझै आउने क्रममा छन् । हरेक संस्करणमा यो पहिलेका तुलनामा थप सुरक्षित र परिमार्जित हुने गरेको पाइएको छ । स्मार्टफोन, ट्याबलेट, कम्प्युटर, स्मार्ट घडी, स्मार्ट टिभीका लागि एन्ड्रोइड अहिले पर्याय नै भइसकेको छ ।

 

प्रकाशित: आश्विन १५, २०७५