बाघको संख्या दोब्बर

- नेपाल संवाददाता

एक दशकअघिको तुलनामा नेपालमा बाघको संख्या दोब्बर पुगेको सरकारी तथ्यांकले देखाएको छ । यसले पर्यावरणीय चक्र (इकोसिस्टम) सन्तुलनमा मात्र नभई पर्यटन क्षेत्रलाई नै टेवा दिने र विश्वका अन्य देशले पनि नेपाललाई पछ्याउँदै जानुपर्ने विज्ञहरुको मत छ ।

बाघको संख्या वृद्धि गरेर मात्र नपुग्ने, उनीहरुको बासस्थान सुरक्षित बनाउन, चोरी–सिकारीलाई निरुत्साहित गर्न पनि नेपालले उत्तिकै अग्रणी भूमिका निर्वाह गर्न आवश्यक रहेको उनीहरुको सुझाव छ ।

अमेरिकी मासिक नेसनल जियोग्राफिकले लेखेको छ, ‘यो ठूलो अनुपात त होइन । तर, तस्कर र सिकारीले कमजोर तुल्याएका नेपाली संरक्षण क्षेत्रमा यत्तिको संख्या बढ्नुलाई पनि ठूलो उपलब्धि मान्न सकिन्छ ।’

प्रकाशित: आश्विन १४, २०७५

ट्याग: विदेशबाट