तस्करका सिकार नेपाली महिला

- नेपाल संवाददाता

भारतको नयाँ दिल्ली केही वर्षयता मानव तस्करका लागि केन्द्रीय थलो बन्दै आएको छ । यौन व्यवसायका लागि सन् २०१५ देखि त्यहाँ पुर्‍याइएका महिलामध्ये ६० प्रतिशत नेपाली रहेको तथ्यांक बाहिर आएको छ । बाँकीमा ओमान, इरान, इराक, साउदी अरेबियालगायतका खाडी मुलुकका महिला  रहेको देखिएको छ ।

०७२ को भूकम्पपछि घरबारविहीन बनेका महिला अचेल तस्करको निशानामा पर्ने गरेका छन् । राम्रो जागिर र सुखसयलपूर्ण जिन्दगीको प्रलोभन देखाई तिनलाई यौन व्यवसायमा लगाउनेको संख्या ठूलै छ ।

इन्डिया टुडेका लागि अजय कुमारले लेखेका छन्, ‘यो समस्याको मुख्य कारण अशिक्षा र जनचेतनाको कमी हो । अधिकांश महिला आफूलाई कहाँ लगिँदैछ भन्ने थाहा नपाई तस्करका पछि लागेर आउँछन् । र, आइसकेपछि यही नै यिनको जीवनशैली बन्छ । यस जीवनशैलीबाट बाहिर निस्कन यिनलाई निकै गाह्रो पर्छ ।’

प्रकाशित: आश्विन ७, २०७५

ट्याग: विदेशबाट