नेपालसँग सिक्दै अफगानिस्तान

- नेपाल संवाददाता

अफगानिस्तानको उच्चस्तरीय शान्ति परिषद्को टोलीले हालै नेपाल आएर यहाँको शान्ति प्रक्रियाबारे अध्ययन गरेको छ । टोलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट १० वर्ष लामो सशस्त्र संघर्षपश्चात सुरु गरिएको शान्ति प्रक्रिया र हतियार व्यवस्थापनबारे जानकारी लिएको हो । प्रचण्डले तिनलाई हतियार कहाँबाट आएको भन्नेबारे पनि प्रस्ट पारेका थिए ।

परिषद्का प्रमुख तथा पूर्वमन्त्री हबिबा सराबीले उक्त कार्यक्रममा नेपालको पाइला पछ्याउँदै अफगानिस्तान पनि शान्ति प्रक्रियामा जान प्रेरित भएको बताएकी थिइन् । शान्ति प्रक्रियामा गएर नै नेपालमा धर्म निरपेक्षता, संघीयता आदिलाई द्रुत गति दिन सकिएको उनको ठम्याइ छ ।

अफगानी समाचार संस्था खामाले लेखेको छ, ‘अफगान जनता शान्ति चाहन्छन् । सबैले तिनका मर्का बुझी वार्तामा आउन आवश्यक छ । यसका लागि नेपाल अफगानिस्तानको गुरु साबित हुन सक्छ ।’

 

प्रकाशित: भाद्र ३१, २०७५

ट्याग: विदेशबाट