बोलीभन्दा विपरीत

- नेपाल संवाददाता

अनमोल केसी सधैँ भन्ने गर्थे, ‘वर्षमा एउटा मात्र फिल्म खेल्छु । एउटा रिलिज नभई अर्कोमा काम गर्दिनँ ।’ धेरै फिल्म खेल्दा साख नजोगिने चिन्ता व्यक्त गर्थे । तर, अहिले उनको व्यवहारमा परिवर्तन छ । दुई वर्ष खर्चेर खेलेको फिल्म कृ सफल नभएपछि अनमोल भटाभट फिल्म खेल्न थालेका छन् । जस्तै : उनी अभिनीत क्याप्टेन प्रदर्शनको पत्तो छैन । तर, यसको सुटिङ सक्नासाथ ए मेरो हजुर ३ मा व्यस्त भएका छन् । यसपछि ब्याचलर बन्टीमा काम गर्नेछन् । मिलन चाम्सको निर्देशन रहने यस फिल्ममा उनी अनुबन्ध भएको चार महिना बितिसक्यो । स्टेज सो, विज्ञापनदेखि ब्रान्ड प्रमोसनमा उत्तिकै देखिन थालेका छन् । अर्थात्, अनमोल भन्छन् एउटा, गर्छन् अर्को ।

 

प्रकाशित: भाद्र ३०, २०७५