क्रिप्टोकरेन्सी माइनिङलाई चुनौती

- विभु लुइटेल

मोजिला फायरफक्सले अब क्रिप्टोकरेन्सी माइनिङ गर्ने स्क्रिप्ट ब्लक गर्ने भएको छ । फायरफक्स ६३ को आगमनसँगै यो प्रविधि क्रियाशील हुनेछ । विभिन्न वेबसाइटले प्रयोगकर्तालाई थाहै नदिई माइनिङ स्क्रिप्ट समावेश गर्दै आएका छन् । यसले प्रयोगकर्ताका उपकरणबाट प्रोसेसिङ पावर लिई माइनिङ गर्न मद्दत गर्छ । उक्त कार्य गर्ने पहिलो ब्राउजर फायरफक्स भने होइन । यसअघि ओपराले यस्ता स्क्रिप्ट ब्लक गर्ने प्रविधि भित्र्याइसकेको छ । गत वर्ष नेपाल राष्ट्र बैंकले बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सी ट्रेडिङ र माइनिङलाई गैरकानुनी घोषणा गरे पनि नेपालका केही प्रचलित न्युज पोर्टलले मोनेरोजस्ता क्रिप्टोकरेन्सी माइनिङ स्क्रिप्ट आफ्ना वेबसाइटमा समावेश गरेका थिए । ती साइटका माइनिङ स्क्रिप्ट अब फायरफक्समा निष्क्रिय हुनेछन् ।

प्रकाशित: भाद्र २६, २०७५