ह्याप्पी बर्थडे गुगल

- विभु लुइटेल

हालै गुगलले आफ्नो बीसौँ वार्षिकोत्सव मनायो । सन् १९८८ मा स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरिरहेका ल्यारी पेज र सर्गेई ब्रिनले सर्च इन्जिनका रुपमा सुरु गरेको गुगल अहिले अधिकांशको जीवनको महफ्वपूर्ण हिस्सा बनिसकेको छ । सुरुमा तिनले ब्याकरब नामक सर्च एल्गोरिदम प्रतिपादन गरे । त्यसको सफल परीक्षणपछि त्यसैमा प्रयोग भएको पद्धति प्रयोग गरी गुगलको सूत्रपात भयो ।

गुगलको आयाम सर्च इन्जिनमा मात्र सीमित रहेन । गुगल न्युज, जिमेल, गुगल म्याप्स, गुगल प्लसजस्ता सेवा यही कम्पनीका उपज हुन् । सुरुदेखि नै यसको उद्देश्य प्रयोगकर्ताले प्रयोग गर्ने प्रविधि सहज र सुरक्षित बनाउनमा मात्र केन्द्रित रह्यो । यात्रामा अनेकौँ व्यवधान आए, कतिपटक त यसलाई कानुनी दायरामै ल्याइयो । तर, आफ्नो उपयोगिता सिद्ध गर्न कहिल्यै पछि हटेन । यो कम्पनी केवल आफ्ना परियोजनामा काम गर्दैन, अरुका इनोभेसनमा समेत लगानी गर्छ ।

प्रकाशित: भाद्र २५, २०७५