कृष्ण मन्दिरको बखान

- नेपाल संवाददाता

पाटनको कृष्ण मन्दिरको पुनर्निर्माण सकिएपछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । ०७२ को भूकम्पले क्षति पुर्‍याएको कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लले सत्रौँ शताब्दीमा निर्माण गरेका थिए । शिखर शैलीमा निर्मित यो मन्दिर विश्वकै अद्भुत कला मानिएको छ ।

एक रात राजाका सपनामा प्रकट भएका राधाकृष्णले राजदरबारअगाडि आफ्नो मन्दिर बनाउन आदेश दिएको र सोही अनुरुप राजाले कृष्ण मन्दिर निर्माण गरेको भन्ने किंवदन्ती छ । २१ गजुरका साथै भित्तामा रामायणका सात काण्ड र महाभारतका १८ पर्वको सुन्दर चित्रणले यसको शोभा बढाएका छन् ।

भारतीय समाचार संस्था एनडिटिभी लेख्छ, ‘पर्यटनमा निर्भर नेपालजस्तो देशमा कलाका यस्ता ‘मास्टरपिस’ ले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न निकै सहयोग पुर्‍याउँछन् ।’

प्रकाशित: भाद्र २४, २०७५

ट्याग: विदेशबाट