कार्टुनिफाई गर्दै जीबोर्ड

- विभु लुइटेल

आफ्नै मुहारको इमोजी बनाउने प्रविधि गुगल किबोर्ड (जीबोर्ड) ले ल्याएको छ । कलाकारको दृष्टान्त, मेसिन लर्निङ र न्युरल नेटवर्कका प्रविधि यसमा प्रयोग भएका छन् । प्रयोगकर्ताले यसका लागि जीबोर्डबाट मिनीमा गई सेल्फी खिच्नुपर्ने हुन्छ । त्यस सेल्फीबाट व्यक्तिको रुपरंग, कपाल, आँखाका रंग, अनुहारको आकार हेरी स्टिकर कलेक्सन उत्पन्न गरिन्छ । सोही कलेक्सनबाट जुनसुकै स्टिकर छानी प्रयोगकर्ताले आफ्ना साथीभाइलाई पठाउन सक्नेछन् । 

जीबोर्डमा ल्याइएको उक्त प्रविधि नयाँ भने होइन । आफ्नै च्याट एप्लिकेसन एलोमा यो प्रविधि गुगलले पहिले नै समायोजन गरिसकेको छ । एलोको प्रयोग घट्दै गएकाले आफ्नो अत्यधिक प्रयोग हुने एप्लिकेसनमा मिनी समायोजन गरेको गुगलको भनाइ छ ।

प्रकाशित: भाद्र २२, २०७५