धक्काको हेक्का

- नेपाल संवाददाता

सृष्टि श्रेष्ठको डेब्यु फिल्म गाजलुले औसत व्यापार गर्‍यो । मिस नेपालको ताजको साख भने जोगाउन सकेन । उनलाई फिल्मका अफर आइरहे । तर, दोस्रो फिल्म रोमियो एन्ड मुना रिलिज हुन झन्डै अढाई वर्ष कुर्नुपर्‍यो । नरेशकुमार निर्देशित यस फिल्ममा चित्रकारका रुपमा देखिएकी थिइन् । उनको भूमिका र अभिनयले प्रशंसा बटुल्यो । तर, व्यापार गतिलो भएन । यसको प्रभाव सृष्टिको करिअरमा पर्ने भइहाल्यो । तैपनि, हतास भइहालेकी छैनन् । कारण, उनको तेस्रो फिल्म बाँध मायाले ५ असोजमा प्रदर्शन हुँदैछ । साथमा छन्, आर्यन अधिकारी । प्रचारप्रसारमा सृष्टिको सक्रियता बढिरहेको छ । उनलाई हेक्का हुनुपर्छ, बाँध मायाले हिट भएन भने करिअरमै धक्का लाग्छ । 

प्रकाशित: भाद्र २२, २०७५