सुरक्षित छैनन् ब्याकअप

- विभु लुइटेल

ह्वाट्स्याप सेवाप्रदायक फेसबुकले गुगलसँग ह्वाट्स्यापका च्याटको ब्याकअप गुगल ड्राइभमा राख्ने सम्झौता गरे पनि ती सबै कूटलेखन नगरी जस्ताको तस्तै राखिने तथ्य बाहिर आएको छ । त्यसैले ती च्याट सुरक्षित रहने छैनन् । 

आउँदो नोभेम्बर १२ देखि यो सेवा प्रयोग गर्न पाइनेछ । सित्तैमा प्रयोग गर्न सकिने हुँदा धेरैले यो फिचरको लाभ उठाउने निश्चित छ । तर, आवश्यक परेका खण्डमा गुगलले यी डाटा हेर्न र अरुलाई बाँड्न सक्ने सम्भावना भने नकार्न सकिँदैन । त्यसैले ह्वाट्स्यापको आफ्नै ब्याकअप प्रणालीमा सबै च्याटको ब्याकअप राख्ने सुझाव टेक्नोविज्ञहरु दिन्छन् । 

 

प्रकाशित: भाद्र २०, २०७५