गुगललाई ट्रम्पको आरोप

- विभु लुइटेल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै गुगललाई ‘ट्रम्प न्युज’ भनी खोज्दा हावादारी समाचार मात्र दिने गरेको आरोप लगाएका छन् । ट्वीटमा उनीलगायत निकटका व्यक्तिको आवाज गुगलले दबाउन खोजेको भनिएको छ । ट्वीटमार्फत नै उनले सीएनएनलाई ‘झुटा’ को संज्ञा दिएका छन् । 

अमेरिकामा गुगलमाथि सेन्सरसिप लाग्न सक्ने थुप्रै आँकलन भइरहेका छन् । यसैबीच ट्रम्पको प्रशासनिक टोलीले छिट्टै सर्च प्रणालीमाथि नजर राख्ने खबर बाहिर आएपछि आफ्नो सफाइ दिन गुगल पनि पछि हटेन । बयानमा उल्लेख गरिएको छ, ‘कुनै शब्द टाइप गरी गुगलमार्फत सर्च गर्दा प्रसंग मिल्ने नतिजा प्रयोगकर्तालाई देखाइन्छ । हामी कुनै व्यक्ति वा पार्टीप्रति पूर्वाग्रही छैनौँ ।’ सर्च विधि निश्चित एल्गोरिदममा आधारित भई चल्ने हुँदा सबै नतिजा सोही अनुरुप नै देखिने मत गुगलले राखेको छ ।

 

प्रकाशित: भाद्र १८, २०७५