डाटा बाँड्दै मोजिला

- विभु लुइटेल

कुन ब्रान्ड र मोडलको उपकरणमा प्रयोगकर्ताले फायरफक्स ब्राउजर चलाइरहेका छन् भन्ने तथ्यांक सन् २०१६ मा फायरफक्सले प्रकाशित गर्‍यो । अब भने फायरफक्स हार्डवेयरको होइन, सफ्टवेयरको रिपोर्ट प्रकाशनमा ल्याउने प्रक्रियामा छ । यसले प्रयोगकर्ताको गोपनीयता भने भंग नहुने उक्त कम्पनीको दाबी छ । फायरफक्सको सुरुआत ओपन सोर्स प्रोजेक्टका रुपमा गरिएको हुँदा प्रकाशित गरिएका डाटा अध्ययन–अनुसन्धानका निम्ति जसले पनि प्रयोग गर्न पाउनेछन् । 

फायरफक्स प्रयोगकर्ताको संख्या, एड–अन्सको प्रयोग, औसतमा उक्त ब्राउजर प्रयोग हुने समय आदिबारे तथ्यांक प्रकाशित हुनेछन् । अहिलेलाई भने तथ्यांक संकलन डेस्कटप ब्राउजरबाट मात्र हुनेछ, मोबाइलबाट हुन केही समय कुर्नैपर्ला । 

 

प्रकाशित: भाद्र १८, २०७५