अन्डरपासहरु

- सुरेश किरण

अहिले खानेपानीमा मेलम्चीको जति चर्चा छ, काठमाडौँ कलंकीको अन्डरपास पनि त्यति नै चर्चामा छ । कारणचाहिा के भने कलंकीमा बनाएको यो अन्डरपास नेपालकै पहिलो रहेछ । त्यसैले यसको चर्चा–परिचर्चा पनि व्यापक भएछ ।

अस्ति म पनि हेर्न गएा, आखिर के रहेछ यो अन्डरपास ? त्यहाा पुगेपछि थाहा भयो, अन्डरपास भनेको त माथिबाट नदेखिने तर भित्रबाटै यताबाट उता र उताबाट यता पास भइसक्ने अदृश्य बाटो रहेछ । तलबाट पास हुने बाटो भएकाले अन्डरपास भनिएको होला । 

जेहोस्, यस्तो अन्डरपास बनाएको त राम्रै हो । तर, यसलाई नेपालकै पहिलो अन्डरपास भन्नचाहिा मिल्दैन कि जस्तो लाग्यो । किनभने, नेपालमा यस्ता अन्डरपासहरु धेरै अगाडिदेखि नै अस्तित्वमा रहेको पाइन्छ । तपाईं कुनै पनि सरकारी कार्यालय जानुस्, त्यहाा यस्ता अन्डरपासहरु कति छन् कति । बाहिरबाट केही देखिादैनन् । तर, भित्रबाट चाहिँ यताको उता र उताको यता पास भइरहेका हुन्छन् । खासगरी उच्च पदमा पुगेका हरेकजसो राष्ट्रसेवक हाकिमहरुको टेबुलमुनि यस्तो अन्डरपास बनाइएको हुन्छ । त्यहााबाट जे पनि पास हुन्छ । कसैलाई थाहै हुादैन । 

विमानस्थलतिर जानुस्, त्यहाा सुनचाादी, डलर, गााजा, चरेसजस्ता अवैध सामानहरु पास हुने छुट्टै अन्डरपास बनाइएको हुन्छ । प्रहरीमा अभियुक्त छाड्ने र समाउने अन्डरपास बनाइएको हुन्छ, जेलमा कैदी भित्र र बाहिर गर्ने अन्डरपास बनाइएको हुन्छ, सेना त झन् पूरा संस्था नै अन्डरपासभित्र अवस्थित छ भन्दा पनि हुन्छ । 

यसरी पूरा देशैभरि अन्डरपासहरु हुादाहुादै यो नाथे कलंकीवाला अन्डरपासलाई देशको पहिलो अन्डरपास भन्न मिल्छ ? 

प्रकाशित: भाद्र १२, २०७५