ढोकैमा सिंहदरबार

- नेपाल संवाददाता

बिर्खे भर्खर बिउँझेकै मात्र थियो, अचानक कसैले ढोका ढकढक्याएजस्तो लाग्यो । यति बिहानै कोही आउनेवाला त थिएन । को आएछ यो ? मनमा कुरा खेलाउादै बिर्खेले ढोका खोल्यो । ढोकैमा कोही सुकिलामुकिला देखिने मानिस उभिरहेका थिए । पूरै अपरिचित । तैपनि, कहीँ देख्यादेख्याजस्तो त लाग्छ, तर कहाा देख्या हो भन्न सकेन । 

“कसलाई खोज्नुभएको ?” बिर्खेले आाखा मिच्दै सोध्यो । 

“तपाईंलाई नै खोजेको ।” आगन्तुकले भने । 

बिर्खे भने अलमलियो, “मलाई नै ? के काम थियो कुन्नि ! को हो नि 

तपाईं ? मैले राम्ररी चिन्दा नि चिनिना ।”

“ए... हो र ?” आगन्तुकले भने, “म सिंहदरबार हुा क्या सिंहदरबार । चिन्नुभएन ?”

“सिंहदरबार ?” बिर्खे चकित भयो, “अनि मेरो घरमा किन नि सिंहदरबार ?”

“लौ, सरकारले अब जनताको घरघरमै सिंहदरबार पुर्‍याउने भनेको सुन्नुभएन ? सरकारको त्यही लक्ष्य अनुसार म तपार्इंको घरैमा आएको नि । बुझ्नुभयो ?”

“सााच्चै ? !” बिर्खे दंग पर्‍यो । सरकारले अब काठमाडौँको सिंहदरबारलाई गाउाको घरघरसम्मै पुर्‍याउने भनेको बिर्खेले सुनेको थियो । तर, सिंहदरबार यसरी सीधा आफ्नै घरमा आउला भनेर चाहिा सोचेको थिएन । बिर्खेले सोध्यो, “बरु सिंहदरबार मेरो घरमा आउनुको कुनै खास कारण पो थियो कि ?”

“छ नि, बिनाकारण किन आउाथ्यौँ र । इ... तपाईंसाग कर उठाउन आएको ।” सिंहदरबारले आफूले बोकेको कटौरा अगाडि तेर्सायो ।

सरकारले घरघरमा सिंहदरबार पुर्‍याउाछु त भनेको थियो । तर, कुनै काम गर्न होइन, कर उठाउन पो पुर्‍याउाछु भनेको रहेछ । बिर्खे टोलाएर आकाशतिर हेर्न थाल्यो ।   

प्रकाशित: भाद्र ११, २०७५