साताका चर्चित

- नेपाल संवाददाता

सन्दीप लामिछाने

क्रिकेटर

डेविड वार्नरलगायत अन्यका विकेट लिई टोलीलाई जीत दिलाएकाले ।

चमेली वाइबा

मकवानपुरमा आफ्नै खर्चमा पक्की पुल निर्माण गरेकाले ।

अनिल भट्टराई

मुटु रोग विशेषज्ञ

त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया गरेकाले ।

भरत खतिवडा

अध्यक्ष, कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघ

तरकारी बजार अनुगमनका लागि पुगेको सरकारी टोलीलाई नियन्त्रणमा लिएकाले ।

प्रकाशित: भाद्र १०, २०७५