दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

- नेपाल संवाददाता

चिनियाँ सरकारको सहयोगमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको छ । ६ भदौमा विमानस्थल निर्माणको शिलान्यास गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अबको तीन वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी दिए ।

विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै दुई टर्मिनल भवन निर्माण हुनेछन् । यी दुवै करिब १४ हजार वर्गकिमिमा निर्माण गरिनेछन् । यसका लागि अत्याधुनिक निर्माण प्रविधि अपनाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

चिनियाँ समाचार संस्था सिन्हवाले लेखेको छ, ‘नेपालको सुन्दर नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कदम निकै सराहनीय छ । यसले नेपालको पर्यटन विकासमा ठूलो टेवा पुर्‍याउने निश्चित छ ।’

प्रकाशित: भाद्र १०, २०७५

ट्याग: विदेशबाट