जंगबहादुर खुस हुआ

- सुरेश किरण

रात गइसकेको थियो । तर, बिहानी भइसकेको थिएन । काठमाडौँमा अचेल गुाला पर्व लागिरहेको छ । यो महिनाभरि काठमाडौँबासीहरु मिर्मिरे नहुादै उठेर स्वयम्भू स्तुप पुग्ने गर्छन् । म पनि स्वयम्भू जाने तरखरमा थिएा । घरबाट निस्केर गल्ली पुगेँ । आध्यारोआध्यारै थियो । त्यस्तो आध्यारोमा अचानक गल्लीमा कोही घोडसवार आइरहेको देखेँ । टक्रक्... टक्रक्.... घोडाको टाप सुनिन्छ । यति सखारै को आएको होला घोडा चढेर ? 

म घोडसवारको अनुहार ठम्याउने प्रयास गर्दै थिएा, उनी आपैँm मेरोसामु आइपुगे । मेरो भने मुटुको चाल बढ्न थाल्यो । को हो यो ? के गर्न लाग्या होला ? 

म भयभीत मुद्रामा आगामी घटना के होला कल्पना गर्दै थिएा, घोडसवार आपैँmले बोल्यो, “ह्याातिर सिंहदरबार कता पर्‍या होला ?”

“सिंहदरबार ? यति बिहानै किन चाहियो सिंहदरबार तपाईंलाई ? को हो तपाईं ?” मेरो स्वर आश्चर्य र भय दुवै मिश्रित भई ककटेल बन्दै थियो ।

उसले भन्यो, “हा...हा...मलाई चिन्यानौ तिमीले ? म जंगबहादुर हुा, जंगबहादुर राणा । नेपालको पहिल्याका प्राइमिनिस्टर ।”

“जंगबहादुर ?” मेरो सातो उड्यो । यसो नियालेर हेर्छु त पूरा राजषी भेषमा छन् । “अनि किन नि 

यता महाराज ?”

“कुरा गन्र्या हो भन्या बडो स्याम्पुल छ”, जंगबहादुरले भने, “तिमीलाई थाहा होला, मैले आफ्नो पालामा रैतीका लागि मुलुकी ऐन बनाएर जारी गर्‍याका थियाा । त्यही मुलुकी ऐन अहिल्या परिस्थितिमा मिल्न्या गरी फेरि लागू गन्र्या रे भन्ने सुन्या छु । म बहुत खुस भयाको छु । त्यही हेन्र्याका खातिर आयाको छु ।”

“मुलुकी ऐन त अहिले देवानी संहिता भनेर लागू गर्न लाग्या छ । यो त तपाईंको जमानाको ऐन होइन नि महाराज ।” मैले अलिकति साहस जुटाएर भनेँ ।

“हा..हा...नाम बदल्याएर के हुन्छ । काम ता उही हो नि । अहिल्या जो संहिता ल्याएका छन्, त्यो मेरोभन्दा भिन्न छैन्या भन्या सुन्या छु । यो पनि जारी गन्र्याका लागि मै चाहिन्छ जस्तो लाग्या छ । त्यही भयार सिंहदरबार खोजिबस्या हुम् । कहाा छ यो सिंहदरबार ?”

मैले हातले यताउता, अनि उताबाट फेरि यता भन्दै हातलेबाटो देखाएा । जंगबहादुर सिंहदरबारतिर लागे । म स्वयम्भूतिर ।  

प्रकाशित: भाद्र ५, २०७५