साताका चर्चित

- नेपाल संवाददाता

गंगा खड्का

सुरक्षित महिनावारी अभियन्ता

महिनावारी सम्बन्धी जनचेतना जगाएबापत राष्ट्रिय युवा प्रतिभा सम्मान प्राप्त गरेकाले ।

कर्माछिरिङ शेर्पा

अध्यक्ष, एन्फा

दक्षिण–पश्चिम एसियाली फुटबल महासंघ (स्वाफ) को सदस्यमा निर्विरोध निर्वाचित भएकाले ।

सरस्वती नेपाली

सामाजिक अभियन्ता

दलित तथा महिला अधिकार क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेबापत ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ पाएकाले ।

जीवन भण्डारी

उपाध्यक्ष, निजामती कर्मचारी संगठन

आफूले भनेको ठाउँमा सरुवा नगरिदिएपछि उपसचिव ऋषिराज आचार्यमाथि हातपात गरेकाले ।

प्रकाशित: भाद्र ३, २०७५