निथ्रुक्कै...

- क्रान्ति पाण्डे

मौसम वर्षातको छ । कति बेला पानी पर्ने हो, कति बेला घाम लाग्ने हो, ठेगानै हुन्न । छाता च्यापेर हिँड्यो, पानी पर्दैन । छाता घरमै छाड्यो, पानी दर्किहाल्छ । प्रकृतिको लीला यस्तै छ । रुमानी मनलाई त वर्षात बहकिने बहाना बन्ला । तर, स्कुले केटाकेटीका निम्ति अपर्झट ओइरिने झरी त झुरै पो हुँदोरहेछ । राजधानीको मरुहिटीमा देखिएकी अभिभावकले बर्सादीको ओत दिएर बालबालिकालाई त जोगाइन् । आफू भने निथ्रुक्कै !

प्रकाशित: श्रावण ३१, २०७५

ट्याग: चित्रपट