मानव तस्करी नियन्त्रणको प्रविधि

- विभु लुइटेल

वार्षिक हजारौँको संख्यामा कोलम्बियामा हुने मानव बेचबिखन रोक्न राजधानी बोगोटाका विद्यार्थीले केही मोबाइल एप्लिकेसन ल्याउने भएका छन् । आईबीएमका सफ्टवेयर, डाटाबेस र प्रविधि प्रयोग गरी एप्लिकेसन निर्माण गरिनेछ । बेचबिखनमा संलग्नको आवाज र अनुहार चिन्न आर्टिफिसियल इन्टलिजेन्स (एआई) को प्रयोग हुनेछ । 

इन्क्रिप्टेड म्यासेजिङ सेवाप्रदायकको संख्या बढेसँगै मानव तस्करलाई संवाद गर्न सजिलो भएको र यसले उक्त समस्यालाई बढावा दिइरहेको अनुभव कोलम्बियालीले गरेका छन् । त्यस्ता व्यक्तिको पहिचान गरी तिनलाई कानुनी दायरामा ल्याउनु कोलम्बियालगायतका ल्याटिन अमेरिकी मुलुकको सबैभन्दा ठूलो चुनौती हो । प्रविधिका विद्यार्थीले यस्ता एप्लिकेसन बनाई तिनको उचित प्रयोग गर्न सके कोलम्बिया मात्र नभई वरपरका सबै राष्ट्र लाभान्वित हुने थिए । 

 

प्रकाशित: श्रावण २५, २०७५