चास्नी रोलमा पुराना हिरो

- नेपाल संवाददाता

दिलीप रायमाझीलाई फिल्म खेल्न भ्याईनभ्याई हुन्थ्यो कुनै समय । चकलेटी लुक्सका यी हिरोले अभिनय र नृत्यबाट लाखौँ प्रशंसक बटुले । अहिले फिल्म उद्योगमै सक्रिय छन् तर न गिनेचुनेका ब्यानरले पत्याउँछन्, न त बल्लतल्ल पाएका फिल्ममै केन्द्रीय भूमिका हुन्छ । जस्तो : २५ साउनमा उनी अभिनीत कहीँ कतै र ८ भदौमा नाईं नभन्नु ल ५ प्रदर्शन हुँदैछन् । तर, दुवै फिल्ममा दिलीप सहायक भूमिकामा सीमित छन् । कहीँ कतैमा सोनम बरफुंगपा र शिवानी गिरी अनि नाईं नभन्नु ल ५ मा बालकलाकारद्वय अनुभव रेग्मी र सेन्ड्रिना शर्मा प्रधान भूमिकामा छन् । दिलीप उही चास्नी रोलमै खुम्चिएका छन् । चरित्र सानो भएपछि प्रमोसनमा प्राथमिकता नपाउनु सामान्य भइहाल्यो । 

क्या फसाद ! 

प्रकाशित: श्रावण २५, २०७५