बाघ दिवसमा बाघ

- नेपाल संवाददाता

गएको साता नेपालमा पनि बाघ दिवस मनाइयो । म आपैँm पनि बाघप्रेमी । त्यसैले बाघ दिवसको कार्यक्रममा सहभागी हुन जानेवाला थिएँ, अचानक घरको मूलढोकामै एउटा बाघ भेटियो । मोटोघाटो टाटे बाघ । बाघ त जंगलमा भेटिनुपर्ने, घरमै भेटिएपछि कसको सातो नउड्ला ? तर मेरो घरको ढोकामा भेटिएका जो बाघ हुन्, बोल्न सक्ने बाघ रहेछन् । सायद मेरो अवस्था देखेर होला, उनी बोले, “नडराऊ, म नरभक्षी होइन ।”

मैले भनेँ, “क...कसरी पत्याउने ? सहरमा आएको बाघ नरभक्षी हुँदैन ?”

“अहिले भइहालेको छैन,” बाघले भन्यो, “मान्छेको अलि संगत लागेपछिचाहिँ नरभक्षी हुन्छु होला ।”

“अनि...अहिले मेरो घरमा चाहिँ किन 

नि ? बाघ त जंगलमा पो बस्नुपर्ने,” मेरो डर अझै गइसकेको थिएन ।

“जंगलमा बस्ने ठाउँ भए पो । कहिले के गर्‍या छ, कहिले के गर्‍या छ । कहाँ बस्न सकिन्छ जंगलमा ?”

“किन, के भयो जंगलमा ?”

“अचेल यो जंगलमा डोजर किन चलाइराख्या ?”

“सायद बाटो बनाउन होला ।”

“जंगलमा बाटो किन ?” बाघले प्रश्न गर्‍यो, “के हामी बाघ, भालु, गैँडा जातिलाई मोटरबाइक चलाउनु छ र ?”

“यो मोटरबाइक चलाउने बाटो होइन नि त...”

“अनि के चलाउने त ?”

“यो त टिपर चलाउने बाटो हो ।”

“टिपर ...? !”

बाघ गायब । 

प्रकाशित: श्रावण २५, २०७५