शुभारम्भ

- कौशल अधिकारी

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ऐ तिहासिक जित दर्ता गरेको छ, १८ साउनमा । एमस्ट्राडमको एमस्टलभिनको भीआरए मैदानमा नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल मात्र १ रनले विजयी भयो । अन्तिम बलमा २ रन चाहिएको स्थितिमा कप्तान पारस खड्काले रनआउट गरे ।

१६ साउनमा पहिलो खेल प्रतिस्पर्धा गर्दै नेपाल आधिकारिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने २३औँ राष्ट्र बनेको थियो । पहिलो खेलमा ५५ रनको पराजय भोगेको नेपाल दोस्रो खेल जित्दै दुई खेलको शृंखला बराबरी पार्न सफल भएको छ ।

प्रकाशित: श्रावण २४, २०७५