चीनमा पनि गुगल

- विभु लुइटेल

चीनमा गुगलको सेन्सर्ड भर्सन आउने भएको छ । गुगलका सिईओ सुन्दर पिचाई र चीनका उच्चपदस्थ अधिकारीबीच यस विषयलाई लिएर गत वर्ष बृहत् बहस भएको थियो । सोही वार्तालाई अहिले गति दिन लागिएको हो । 

गुगलको चिनियाँ भर्सनमा इन्टरनेटका अधिकांश सेवा भने उपलब्ध हुने छैनन् । ‘ग्रेट फायरवाल’ नाम गरेको सञ्जाल सुरक्षा प्रणालीले चीनबाट फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल, अंग्रेजी भाषाका पुस्तक तथा समाचार पोर्टल ब्लक गरिदिएको छ । चिनियाँ गुगलबाट यस्ता सामग्री खोल्न खोज्दा यिनको प्रयोग बर्जित गरिएको सन्देश ब्राउजरमा देखिन्छ । त्यसैले यो भर्सन आउन लाग्दासमेत चिनियाँ खुसी छैनन् । 

 

प्रकाशित: श्रावण २४, २०७५