इच्छा अनुरुपको नेभिगेसन बार

- विभु लुइटेल

प्रयोगकर्ताले सबैभन्दा बढी प्रयोग गर्ने फेसबुकका सेवा अब सर्टकटका रुपमा नेभिगेसन बारमा देखिने भएका छन् । यसका लागि फेसबुकले हरेक प्रयोगकर्ताको एप्लिकेसन चलाउने शैलीमा निगरानी राख्नेछ । यी सेवा हाललाई फेसबुकका मोबाइल एप्लिकेसनमा मात्र उपलब्ध हुनेछन् । एन्ड्रोइड एप्लिकेसनमा यसलाई स्क्रिनको माथिल्लो भागमा भेटिनेछ भने आइफोनमा सबैभन्दा तल । 

प्रकाशित: श्रावण २३, २०७५