फलदायी इन्भाइरो चिप्स

- विभु लुइटेल

इन्भाइरो चिप्स ब्रान्डका रेडियसन प्युरिफायर चिप्स नेपाली बजारमा उपलब्ध हुने भएका छन् । यस्ता चिप्सले मोबाइल, ल्यापटप, कम्प्युटरजस्ता उपकरणबाट पैदा हुने विकिरण शुद्धीकरण गर्छन् । 

इलेक्ट्रोम्याग्नेटिक रेडिएसन (ईएमआर) को अत्यधिक प्रयोगले मानिसमा मन्द विषको काम गर्छ । अझ हिजोआज बढिरहेको यिनको प्रयोगले धेरैको ज्यान जोखिममा परिरहेको देखाउँदै आएको छ । आँखा कमजोर हुनु, निद्रा नलाग्नु, टाउको दुख्नु यसका प्रारम्भिक लक्षण हुन् । समयमै सावधानी नअपनाए प्रजनन स्वास्थ्यमा गडबडी, मुटुको रोग, ट्युमर, क्यान्सरजस्ता समस्या पनि देखिँदै जान्छन् । विद्युतीय उपकरणबाट टाढा बस्न नसक्ने तर स्वास्थ्यबारे सजग व्यक्तिका लागि इन्भारो चिप्स दीर्घकालीन रुपमै फलदायी हुन सक्छ । 

प्रकाशित: श्रावण २३, २०७५