दोस्ती कि दुश्मनी ?

- नेपाल संवाददाता

नेपाली फिल्म उद्योगका ‘लिडिङ लेडी’ हुन्, रेखा थापा र दीपाश्री निरौला । निर्देशकसमेत रहेकी रेखा अभिनीत एक दर्जन फिल्म हिट छन् । कलाकारसमेत रहेकी दीपाश्री निर्देशित छक्का–पञ्जा र छक्का–पञ्जा २ ले १५ करोड व्यापार गरेर कीर्तिमानी राखे । तर, उनीहरुको सम्बन्धचाहिँ एकनासको छैन । छक्का–पञ्जा २ प्रदर्शनपछि रेखाले दीपाश्रीको समूहलाई ‘जोकर’ को उपमा दिइन्, फेसबुकमा लेखेरै । त्यसपछि उनीहरुबीच बोलचालसमेत बन्द भयो । छक्का–पञ्जा ३ को प्रदर्शनको पूर्वसन्ध्यामा आइपुग्दा त्यो दुश्मनी दोस्तीमा बदलिएको छ । छक्का–पञ्जा ३ को गीत आएपछि फेसबुकमा रेखाले लेखिन्, ‘मेरी दिदी, यु रक्स...।’ यत्ति भएपछि दीपाश्री दंग पर्ने भइहालिन् । तर, यो प्रेम मनैबाट हो कि देखावटी ? समयले नै बताउला । 

 

प्रकाशित: श्रावण २३, २०७५