फेरि उही ताल

- नेपाल संवाददाता

के म तिम्रो होइन र बाट सुरु भएको मरिष्का पोखरेलको फ्लप यात्रा चपली हाइट २ ले ‘ब्रेक’ गर्न सकेन । लम्फुको हालत पनि उस्तै रह्यो । तैपनि, मरिष्काको मुहारबाट मुस्कान हटेको थिएन । पण्डित बाजेको लौरीसँग आशा थियो । मध्यम प्रचारका बीच यो फिल्म ४ साउनमा प्रदर्शन भयो । धेरथोर सकारात्मक प्रतिक्रिया बटुल्यो । व्यापार भने सुरुआती दिनबाटै सुख्खा । मल्टिप्लेक्समा त अझ हालत खराब । कमाइ भएन नै, हल्काफुल्का जस पनि अर्की नायिका सन्ध्या केसीको पोल्टामा पर्‍यो । यसअघि खासै ‘मार्क’ नभएकी सन्ध्या यसपटक चरित्र र अभिनयमार्फत ध्यान तान्न सफल भइन् । मरिष्काको चाहिँ न आलोचना भयो, न त प्रशंसा नै । उनका लागि फिल्म आयो, गयो । यत्ति मात्रै । 

प्रकाशित: श्रावण १६, २०७५