फेसबुकको आफ्नै स्याटेलाइट

- विभु लुइटेल

इलन मस्कको संस्था स्पेस–एक्ससँगको सहकार्यमा सामाजिक सञ्जाल फेसबुकले सन् २०१९ को सुरुआततिर ‘एथेना’ नामक आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ । इन्टरनेट सर्वसुलभ नभएका दुर्गम क्षेत्रमा ब्रोडब्यान्ड सेवा प्रदान गर्ने उद्देश्यले उक्त कार्य गर्न लागिएको समाचार हालै प्रकाशित भएको छ । सन् २०१३ मा फेसबुकले इन्टरनेट डट ओआरजी नामक बहुउद्देश्यीय परियोजना प्रारम्भ गरेको थियो । दुर्गम क्षेत्रमा आधारभूत वेबसाइट चलाउन सक्ने प्रणाली भित्र्याए पनि पर्याप्त नभएका कारण एथेना निर्माण गर्न लागिएको हो । 

 

प्रकाशित: श्रावण १५, २०७५