बिन्दास प्रियंका

- नेपाल संवाददाता

आयुषमान देशराज जोशीसँग खुसुक्क इन्गेजमेन्ट गरेको भोलिपल्टै प्रियंका कार्की अमेरिका उडिन् । धेरैले ठानेका थिए, इन्गेजमेन्टपछि प्रियंकाको बोल्ड अवतार फेरिनेछ । तर, प्रियंकाले आफ्नो बिन्दासपनलाई निरन्तरता दिएकी छन् । जस्तो : अमेरिकाबाटै इन्स्टाग्राममा विकिनी फोटो अपलोड गरिन् । यसअघि पनि उनले विकिनी तस्बिर सार्वजनिक नगरेकी होइनन् । तर, यसपटक ज्यादा चर्चा भयो । कारण उही, इन्गेजमेन्ट । त्यसमाथि ६ साउनमा फिल्म कथा काठमाडौं गीत रिलिज भयो, जहाँ उनी र प्रमोद अग्रहरिको अन्तरंग दृश्य समेटिएको छ । उनले सम्भवत: यसअगाडि यस्तो कामुक सिन दिएकी थिइनन् । त्यसैले गीतले ताली र गाली दुवै पाइरहेको छ । जसो गरे पनि ‘लाइमलाइट’ मा छिन् प्रियंका । 

 

प्रकाशित: श्रावण १४, २०७५