गुनासो त होइन ?

- नेपाल संवाददाता

रेखा थापा र विवाद पयार्यभैँm लाग्छ । जे बोल्छिन्, गर्छिन्, केही न केही भइहाल्छ । जस्तो : एक फिल्म अनलाइनको स्मारिकामा लगातार १५ वर्ष हिट फिल्म दिँदा पनि आफूलाई महानायिका नभनेको तर १–२ हिट फिल्म दिएका नयाँ कलाकारलाई ‘मेगास्टार’ को पदवी दिएको भन्दै मिडियासँग चित्त दुखाइन् ।

उनले नाम नलिए पनि अनमोल केसीतिर लक्षित थियो यो भनाइ । रेखाको भनाइ आपैँmमा गलत थिएन । हामीकहाँ थोरै उचाइ पाउनासाथ देवत्वकरण गर्न हतार गरिन्छ ।

अनमोलको सवालमा यस्तै भइरहेको छ । तर, त्यो अभिव्यक्तिलाई कुण्ठा र आक्रोशका रुपमा अथ्र्याइएपछि उनलाई हजम हुने कुरै भएन ।

त्यसैले १ साउनमा आपैँmले निर्देशन गरेको फिल्म मालिकाको प्रेसमिटमा थप स्पष्टीकरण दिइन्, “मलाई महानायिकाको ट्याग चाहिन्न । दर्शकले दिएको माया भए पुग्छ ।” उसो भए महानायिका नभनेको भनेर किन गुनासो गरेको त ?

 

प्रकाशित: श्रावण १२, २०७५