दोहोरो तनाव

- नेपाल संवाददाता

शिल्पा पोखरेललाई छविराज ओझाबाहेक गिनेचुनेका ब्यानरले पत्याएका छैनन् । बल्लतल्ल बाहिरी ब्यानरका फिल्म पाउँछिन्, तैपनि माखो मर्दैन । सोही कारण हिरोइनका रुपमा स्थापित हुन अझ संघर्षरत छिन् । २९ असारमा उनी अभिनीत वीरांगना प्रदर्शन भयो । यसको मुख्य भूमिकामा शिल्पा नै थिइन् । फिल्ममा अरु चिनिएका महिला कलाकार थिएनन् । तर, यही फिल्मले उनलाई दोहोरो तनाव दियो । एकातिर व्यापार नाजुक रह्यो, अर्कातिर निर्माण पक्षसँग शिल्पाको सम्बन्ध बिग्रियो । प्रचारमा बेवास्ता गरेपछि निर्देशक राजबहादुर सानेले ठाडै भनिदिए, ‘शिल्पालाई श्राप लाग्छ ।’ त्यसो त वीरांगनाको प्रमोसनमा शिल्पाले मात्र होइन, हिरो अनुपविक्रम शाहीले पनि बेवास्ता गरेका थिए । तर, रिलिजपछि फिल्म युनिटको आक्रोश शिल्पातिर मात्रै पोखियो । 

प्रकाशित: श्रावण ११, २०७५