एचटिसीको ब्लकचेन फोन

- विभु लुईटेल

अन्तर्राष्ट्रिय बजारमा अन्य कम्पनीका फोनलाई चुनौती दिने उद्देश्यका साथ ताइवानी कम्पनी एचटिसीले ब्लकचेन फोन ल्याउने भएको छ । एप्पल, सामसुङजस्ता ब्रान्डले आधिपत्य जमाइरहेको मोबाइल फोन बजारमा यस्तो असाधारण फोन भित्र्याउन लागेको एचटिसीका पदाधिकारी बताउँछन् । 

यस ब्लकचेन फोनलाई एक्जोडस नाम दिइएको छ । आफ्ना डाटाबारे सजग हुँदै गइरहेका मानिसलाई लक्षित गरी यसको डिजाइन तयार गर्न लागिएको हो । ब्लकचेनमा आधारित गेम क्रिप्टोकिटिजले सञ्चालन गर्न लागेको क्रिप्टो गेमिङ एप्सस्टोरसँग पनि यसको सहकार्य हुनेछ । कूटलिपिमा आधारित यस्ता 

प्रविधिले आम मानिससम्म जटिल प्रविधिको पहुँच बढाउँदै जानु सराहनीय रहेको ब्लकचेनविज्ञ बताउँछन् । 

प्रकाशित: श्रावण ३, २०७५