पूर्वकर्मचारीले भंग गरे गोपनीयता

- विभु लुईटेल

चालकरहित कारका गोप्य सूत्र सार्वजनिक गरेको अभियोगमा एप्पलका पूर्वकर्मचारी स्याओलङ ज्याङलाई कानुनी दायरामा ल्याइएको छ । 

सन् २०१५ मा ज्याङलाई कारका सर्किट बोर्ड परीक्षण र सेन्सर डाटा विश्लेषण गर्न एप्पलले चालकरहित कारको प्राविधिक टोलीमा नियुक्त गरेको थियो । चिनियाँ नागरिक ज्याङले केही महिनाअघि मात्रै एप्पलबाट राजीनामा दिएर चीन फर्किएपछि एक्समोटर्स नामक स्टार्टअपमा काम गर्ने मनसाय व्यक्त गरेका थिए । एप्पल छाड्ने क्रममा उनले त्यहाँका महफ्वपूर्ण कागजपत्र, आईसी बोर्ड र केही सर्भर उपकरणसमेत चोरी गरेको भेटिएको थियो । 

आफ्ना गोप्य सूत्र यसरी बाहिरिएकामा एप्पलका पदाधिकारी चिन्तित छन् । कुनै तोड नभएका एप्पलका जस्तै कार अब अन्य कम्पनीले पनि ल्याउने हुन् कि भनी उनीहरु त्रसित छन् । 

प्रकाशित: श्रावण ३, २०७५