भीआरमार्फत चिहान अवलोकन

- विभु लुईटेल

प्राचीन मिश्रकी महारानी नेफरटरीको करिब तीन हजार वर्ष पुराना चिहान अब भर्चुअल रियालिटी (भीआर) का माध्यमबाट अवलोकन गर्न मिल्ने भएको छ । ‘बौद्धिक महारानी’ उपनामले प्रसिद्ध उनको चिहानमा मिश्रको सभ्यतापूर्वका विभिन्न ऐतिहासिक दस्तावेज रहेका छन् । 

यस्तो एप्लिकेसन बनाउनुको मुख्य उद्देश्य ऐतिहासिक धरोहरको संरक्षण गर्नु हो । हजारौँ फोटा र भिडियो खिचेर तिनको थ्रिडी मोडलिङ गर्न चुनौतीहरु आइपर्छन् । त्यसमाथि पनि चित्रलेख (हायरोग्लिफ) लिपिमा कुँदिएका कथानक बुझ्न धेरैलाई हम्मेहम्मे पर्छ । त्यसलाई दुरुस्तै भीआरमा उतार्न डेभलपरको टोलीले निकै कसरत गरेको छ । 

करिब ५६ अमेरिकी डलर तिरी अवलोकन गर्न मिल्ने चिहान अब एचटिसी भाइवमार्फत नि:शुल्क हेर्न सकिनेछ । अन्य भीआर प्रणालीमा भने अहिले यो उपलब्ध छैन । 

प्रकाशित: श्रावण २, २०७५