खाल्डोमा प्रधानमन्त्री

- महर्षि

कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले उहिल्यै जनतालाई त्यसै भेडा भनेका रहेनछन् । अहिले आएर पुष्टि भयो है । हाम्रा प्रधानमन्त्री केपी ओली कहाँ पूर्व–पश्चिम र उत्तर–दक्षिण कुद्ने चुच्चे रेलका कुरा गरिरहेका छन् । त्यो पनि छुकछुके हैन, सुलुल्ल कुद्ने विद्युतीय रेल । तर, जनता भने सहरका खाल्डाखुल्डीमा अल्झिरहेका छन् । हुँदाहुँदा संसद् र सडकमा समेत कुरा उठ्न थालेछ ।  

त्यो कलंकी–थानकोट र चावहिल–जोरपाटी–बौद्ध सडक त काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले सय दिनमै ‘नमुना’ बनाइसके । त्यहाँ गाडी हैन, साना हिले डुंगा चलाउन मिल्ने भइसकेको छ । प्रधानमन्त्रीसँग रेल, पानीजहाज र पाइपवाला ग्यास चुल्होको पो कुरा गर्नु त । महान् स्वप्नदर्शी प्रधानमन्त्रीलाई खाल्डाखुल्डीमै तान्न खोज्ने जनतालाई भेडा नभनेर के भन्ने ?   

प्रकाशित: श्रावण २, २०७५