ड्याम्म ! ड्याम्म !!

- छुल्याहा गुरु

-गुरुजी, अलि होश गरेर है । झन्डै हान्नुभाको ।

-हाहा, किन पीर गर्छस् कान्छा ? अब केको डर ?

 -केको डर रे ? किन ?

 -अँ, अब त हामी ट्रक व्यवसायीको ट्रकले जसलाई हिर्काए पनि, किचे पनि हाम्रो जिम्मेवारी हुँदैन नि । ट्रक व्यवसायी संघले सरकारलाई जानकारी नै गराइसक्यो त । अब त हाइसन्चो ।

 -हो र ?

 -हो नि । सरकारले हाम्रो समितिको नवीकरण नगर्ने रे । हामी पनि दुर्घटनाको जिम्मेवारी नलिने । समिति हुँदा पो त्यसलाई पैसा बुझाउँथ्यौँ, जसबापत उसले टाकटुक पारेर घटना सामसुम पार्ने जिम्मा लिन्थ्यो । अब समिति नै नभएपछि... ।

 -मान्छे हान्दा पनि जिम्मा लिनु नपर्ने गुरुजी ?

 -स्पीड कुँदिरहेको ट्रकले छोएपछि मरिन्छ भन्ने थाहा पाई–पाई मर्न आएपछि सबको जिम्मा लिएर साध्य हुन्छ र केटा ?

 -गुरुजी.... ब्रेक...ब्रेक । (ड्याम्म....)

प्रकाशित: श्रावण २, २०७५