इन्स्टाग्राममा प्रश्न सोध्ने स्टिकर

- विभु लुईटेल

फोटो सेयरिङ एप्लिकेसन इन्स्टाग्रामका स्टोरीमा स्टिकरमार्फत प्रश्न सोध्न मिल्ने नयाँ फिचर आएको छ । प्रश्न सोधिएका प्रयोगकर्ताले लगत्तैको स्टोरीमा त्यसको जवाफ सार्वजनिक रुपमै दिन सक्नेछन् । तर, प्रश्न सोध्नेको परिचय भने गोप्य राखिन्छ । 

यस वर्ष समाविष्ट गरिएका २० भन्दा बढी फिचरमध्ये यो एउटा रमाइलो फिचर हो । इन्स्टाग्रामले प्रयोगकर्ता बढाउन यो रचनात्मक फिचर थपेको भए पनि प्रत्येक प्रश्नको उत्तरका रुपमा आउने स्टोरी अर्को प्रयोगकर्तालाई रोचकै लाग्छ भन्ने छैन । धेरैले आफूले पछ्याएका व्यक्तिको स्टोरी म्युट गरी स्टोरी फिडमा देखिँदै नदेखिने बनाउन थालिसकेका छन् । 

 

प्रकाशित: श्रावण १, २०७५