बल्छीमा दाउरा

- भास्वर ओझा

बाढी धेरैका लागि दु:खको पर्याय बनिदिन्छ । तर, कतिपय भने यसलाई चुल्हो बाल्ने मौकाको रुपमा हेर्छन् । कुनै–कुनै घरका परिवारै नदी–किनारमा बल्छी लिएर बसेका हुन्छन् । काठको अंकुशेलाई बल्छीका रुपमा प्रयोग गरिएको हुन्छ । काठ ढुकेर बस्दा कहिलेकाहीँ बाढीमा डुब्ने खतरा पनि उत्तिकै रहन्छ । विशेषगरी वर्षा लागेपछि तीन महिनासम्म काठ–दाउरा संकलन चल्ने गर्छ । तस्बिरमा सप्तरी, भारदहका वासिन्दा कोसी ब्यारेजमा बाढीबीच दाउरा झिक्दै गरेका देखिन्छन् ।

प्रकाशित: असार २८, २०७५

ट्याग: चित्रपट