शरीरको दुर्गन्ध मापक यन्त्र

- विभु लुईटेल

जापानी कम्पनी टेनिटाले मानिसको शरीरको दुर्गन्ध मापन गर्न सक्ने यन्त्र, ईएस–१००,  सार्वजनिक गरेको छ । शरीरको कुनै भाग कति दुर्गन्धित छ भनी यस यन्त्रले शून्यदेखि दसको स्केलमा देखाउँछ । यसमा भएको सेन्सरले दस सेकेन्डमा दुर्गन्ध पत्ता लगाई परिणाम दिने गर्छ । 

टेनिटा कम्पनीका वैज्ञानिकका अनुसार स्केलमा पाँचभन्दा बढी देखिए मानिस सार्वजनिक स्थलमा जानुपूर्व सजग हुनुपर्छ । यो यन्त्र प्रयोग गर्नुअगाडि शरीरमा अत्तर छर्किएको छ भने यसले सही परिणाम दिन सक्दैन र सो कार्य नगर्न प्रयोगकर्तालाई सुसूचित गर्छ । दुई हजारपटक प्रयोग गरिसकेपछि यसको सेन्सरले काम गर्न छाड्छ र पुन: प्रयोग गर्न सेन्सर फेर्नुपर्ने हुन्छ ।

प्रकाशित: असार २८, २०७५