आफँ त उत्तानो...

- नेपाल संवाददाता

सलोन बस्नेतलाई फिल्मको अभाव छैन तर जति फिल्म पाउँछन्, सबै सहायक भूमिकामा । हिरोको साथी टाइपको । होस्टेल, गाजलु, ए मेरो हजुर २ देखि लम्फूसम्म त्यस्तै हुँदै आएको छ । त्यसैले कुनै जमानाका लोकप्रिय यी बाल–कलाकारको करिअरले गति लिन सकेको छैन । बाहिरी ब्यानरले मुख्य भूमिकामा नपत्याएकाले हुनुपर्छ, उनका पिता शोभित बस्नेतले आपैँm फिल्म बनाए भने सलोनलाई एक्लो हिरो बनाए । २९ असारमा प्रदर्शन हुने फिल्मको नाम हो, बाबु कान्छा । झन्डै ३० फिल्म निर्देशन गरिसकेका शोभितलाई आफ्नै साख बचाउन धौ–धौ छ भने बाबु कान्छाले सलोनलाई शिखरमा पुर्‍याउला त ? फेरि फिल्मले उतिविघ्न ‘हाइप’ पनि बटुलेको छैन । तैपनि, केही जादू पो भइहाल्छ कि ! 

प्रकाशित: असार २८, २०७५