विपत्मा बूढो रुख

- अर्जेल काका

ताफातो खबर छ– तीनै तहका निर्वाचनको परिणामको शोकबाट बल्ल तंग्रिदै कांग्रेसले जरैदेखि कार्यकर्ता प्रशिक्षण चलाउने । लोकतन्त्रको नाम जप्दाजप्दै सबै भाग कम्युनिस्टले खाइदिएपछि कांग्रेसीहरुमा बल्ल चेत फिरेजस्तो छ । नफिरोस् पनि कसरी ? कहिले हँसिया–हथौडासँग इलुइलु गरेर सप्पै रुखका हाँगाबिंगा काटिदियो, कहिले सूर्यसँग संसर्ग गरेर पात सुकाइदियो त कहिले गाईमातालाई घाँस खुवायो । कहिले कमलसँग साइनो लगाएर हलो बनाउन दियो । सबै वादलाई एक–एक अंग भागशान्ति दिँदा कांग्रेसीको बूढो रुख अब दाउरा मात्रै बचेको जो छ ।

 

प्रकाशित: असार २७, २०७५