फर्मुला–१ को पूर्वानुमान एप्लिकेसन

- विभु लुईटेल

सन् १९५० मा सुरु भएदेखि संसारकै सबैभन्दा धेरै रुचाइएको सिंगल–सिटर अटो रेसिङ फर्मुला–१ ले खेल पूर्वानुमानका लागि क्लाउड प्रविधि र मसिन लर्निङ विधि अवलम्बन गर्ने भएको छ । यसले खेललाई अझै रोचक बनाउँदै लैजाने अनुमान गरिएको छ । 

यस सहकार्यका लागि क्लाउड प्रविधिमा सबैभन्दा विशाल सेवाप्रदायक अमेजन वेब सेवासँग फर्मुला–१ ले सम्झौता गरिसकेको समाचार बाहिर आइरहेका छन् । हरेक वर्ष उत्पादन हुने ठूलो संख्याको डाटा व्यवस्थापन र तिनको उचित उपयोग गर्न अमेजनको भूमिका अपरिहार्य रहनेछ । करिब सात दशकदेखि संकलित डाटा व्यवस्थापन गर्नु चानचुने काम पक्कै होइन । त्यसैले रियल टाइम डाटा प्रशोधन र उचित सूचना प्रकाशन हाललाई यसका प्राथमिकतामा परेका छन् । 

 

प्रकाशित: असार २६, २०७५