आफ्नो घर आफैँ बनाऔँ

- नेपाल संवाददाता

भूकम्प (०७२) मा छत गुमाएका सिन्धुपाल्चोकका वासिन्दा यतिखेर टहरा निर्माणमा व्यस्त छन् । यसका लागि उनीहरुले यूएनडीपी र युरोपियन युनियनजस्ता दातृ निकायबाट आवश्यक प्रशिक्षण, आर्थिक सहयोग र कम मूल्यमा निर्माण सामग्री प्राप्त गर्दै आएका छन् । यहाँका सबै घर भूकम्प प्रतिरोधात्मक बनाउन गेल्वनाइज्ड तार प्रयोग गरी निर्माण भइरहेका छन् । यसो गर्दा भूकम्प जाँदा सिंगो घर हल्लिन्छ तर इँटा छुट्टाछुट्टै खस्दैनन् ।

युरोन्युजका लागि मोनिका पिन्नाले लेखेकी छन्, ‘सिन्धुपाल्चोकका अधिकांश घर भूकम्पमा भत्किए । पुनर्निर्माणका काम अघि बढाउन यहाँका जनतासँग न मनग्गे पैसा थियो, न त कम मूल्यमा निर्माण सामग्री नै सजिलै उपलब्ध हुन्थे । विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाको सहयोगमा अहिले सस्तो मूल्यका निर्माण सामग्री पाउनु यहाँका वासिन्दालाई काटेको घाउमा मलम लगाएजस्तै भएको छ ।’

प्रकाशित: असार २५, २०७५

ट्याग: विदेशबाट