भाइबरले क्रिप्टोकरेन्सी ल्याउने

- विभु लुईटेल

मेसेजिङ एप्लिकेसन भाइबरले रुसमा आउँदो वर्ष ‘राकुटेन क्वाइन’ नाम गरेको आफ्नै क्रिप्टोकरेन्सी ल्याउने भएको छ । यसका लागि अहिले कम्पनीले रुसको आर्थिक नीतिबारे विस्तृत अनुसन्धान गरिरहेको छ । 

भाइबर वालेटमा उपलब्ध हुने यो क्वाइनको कारोबार भाइबरबाटै सम्भव हुनेछ । पहिलो चरणमा डलर, युरो र रुबलमा मात्र यसको कारोबार सम्भव हुनेछ भने पछिका दिनमा अन्य मुद्रा पनि यसमा समायोजन गरिनेछन् । नेपालमा भने क्रिप्टोकरेन्सीको प्रयोग अवैधानिक भएकाले यहाँका प्रयोगकर्ताले यसको लाभ उठाउन सक्ने छैनन् । 

प्रकाशित: असार २५, २०७५