फोहोर पत्ता लगाउने रोबोट

- विभु लुईटेल

अमेरिकाको मासाचुसेट्स राज्यमा ६ कक्षामा अध्ययनरत आना डु, १२, ले समुद्र र महासागरमा फालिने फोहोरको स्थान पहिचान गर्ने उद्देश्यले एक रोबोट आविष्कार गरेकी छन् । यस प्रविधिले ठूलाठूला कम्पनीको ध्यानाकर्षण गरेको छ । राम्रो लगानी पाए यस रोबोटलाई फोहोर संकलन गर्न सक्ने गरी परिस्कार–परिमार्जन गर्ने लक्ष्य उनको छ ।

इन्फ्रारेड लाइट प्रयोग गरी यस रोबोटले प्लास्टिक तथा अन्य फोहोर पहिचान गर्छ । पानीको जुनसुकै स्रोतमा पनि यसको प्रयोग सहजै गर्न सकिन्छ । यो प्रविधि निर्माण गरेबापत आना डिस्कभरी एजुकेसनको योङ साइन्टिस्ट प्रतियोगिताको उत्कृष्ट वैज्ञानिकमा पर्न सफल भएकी छन् । 

प्रकाशित: असार २२, २०७५